कांग्रेसद्वारा ज्येष्ठ नागरिक तथा एकल महिलाको सम्मान
मकवानपुर । नेपाली कांग्रेसले जेष्ठ नागरिक तथा एकल महिलाहरुको सम्मान गरेको छ । ‘घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पल्पसा टोल समितिले आइतबार आयोजना गरेको कार्यक्रममा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेकी हुन् ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री उपाध्यायले ज्येष्ठ नागरिको जीवन सहज बनाउन कांग्रेसले योजना बनाएर अगाडि बढ्ने बताइन् । टोल विकास समितिका अध्यक्ष सुनिता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, रविन्द्र घिमिरेलगायतले ज्येष्ठ नागरिकको सम्मानले समाज विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा कांग्रेसका जिल्ला सहसचिव ताराचन्द्र बजगाई, जिल्ला सदस्य इश्वर पण्डित, अर्जुन पुडासैनी, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, निवर्तमान सभापति आनन्दराम पराजुली, महासमिति सदस्य अशोक शाक्य, जिल्ला प्रतिनिधि हरि वाग्ले, पूर्व जिल्ला सदस्य इश्वरलाल श्रेष्ठ, २ नं. वडा सभापति भवसागर श्रेष्ठलगायतका उपस्थिति रहेको थियो ।
