विभिन्न पार्टी त्याग्दै हेटौंडा १ का युवाले रोजे एकीकृत समाजवादी
मकवानपुर । विभिन्न पार्टी परित्याग गर्दै ५० जना युवाहरु शनिबार एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा आयोजित युवा भेलामा विभिन्न पार्टी परित्याग गर्दै ५० जना समाजवादीमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप मेयर तथा भेलाको प्रमुख अतिथी मीनाकुमारी लामाले स्वागत गरेका थिए । भेलाले रतन थोकरको अध्यक्षतामा २१ सदस्यीय युवासंघ हेटौंडा उपमहानगरपालिका १ नम्वर वडा कमिटी गठन गरेको छ ।
भेलामा पार्टीका हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष धु्रव भुजेल, सचिव देवराज गौतम, युवासंघका केन्द्रिय सदस्य प्रकाश बानियाको आतिथ्यता थियो । गठित युवा संघ हेटौंडा १ नम्वर वडा कमिटीका सदस्यहरुलाई युवा संघ मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष एवं युवा संघका हेटौंडा नगर इन्चार्ज सफल अधिकारीले सपथ ग्रहण गराएका हुन् ।
