हेटौंडा–१२ का ३१ जना एमालेमा प्रवेश
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिको १२ नम्वर १२ का ३१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडा–१२ भोर्ले डाडा टोल भेला तथा कमिटी गठन कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपा, एकीकृत समाजवादीलगायत विभिन्न पार्टी परित्याग गरी ३१ जना एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले नेता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल र नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठले खादा तथा टिका लगाएर एमालेमा प्रवेश स्वागत गरेका हुन् । कार्यक्रममा जिल्ला सदस्यहरु जगन्नाथ पाण्डे, आरती पाठक, रुक्मिणी स्याङ्तान, राष्ट्रिय युवा संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजेश नगरकोटी, एमाले नेता अर्जुन पौडेल, ज्ञानबहादुर श्रेष्ठ, रामचन्द्र स्याङ्बो लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अमृत थिङको अध्यक्षतामा निर्बिरोध भोर्ले डाडा टोल कमिटी गठन गरिएको छ ।
