दुर्घटनामा भाइको मृत्यु, दाइ घाइते
सल्यान । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षीय नारायण वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको हो ।
यस्तै, उक्त जिपका चालक २१ वर्षका थलराज वली सामान्य घाइते भएका छन् । घाइते थलराज मृतक नारायणका दाई हुन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
