स्थानीय तह निर्वाचन : ७७ प्रकारका मतपत्र छपाइ हुने

तु खबर संवाददाता
२०७८ चैत्र २२, मंगलवार ०८:०९

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समुहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने जानकारी दिएका हुन् ।

उनका अनुसार, एक करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछ । उनले सबैभन्दा कम १६ लहरका मतपत्र डोल्पा र सवैभन्दा बढि ५६ लहरका मतपत्र  काठमाडौंका लागि छापिने बताए । त्यस्तै, आयोगले निर्वाचन तथा मतदाता निर्देशिका, निर्वाचन तालिम व्यवस्थापन सञ्चालन निर्देशिका र मतदान निर्देशिका २०७८ तथा मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत भइ कार्यान्वयनमा आएको जनाएको छ ।
आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि आवस्यक मतपत्र छपाई कार्य जनक शिक्षा सामग्री केन्द्रमा जारी रहेको पनि जनाएको छ ।