स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र २०, आईतवार १७:५८

काठमाडौं । सुनसरीमा स्कुल बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान कान्छीचोकबाट विद्यार्थी लिन चतरा गएको को १ क १८६६ नम्बरको बेबिलोन सेकेन्डरी बोडिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका–१८ नयाँटोल बस्ने ५५ वर्षीया मेहरून खातुन रहेको भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रहरीका अनुसार, खातुनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले सुन्दरहरैचा नगरपालिका–६ का ३६ वर्षीय बस चालक प्रेमकुमार सार्कीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।