औषधि व्यवसायी संघ मकवानपुरको प्रथम भेला हेटौंडामा सम्पन्न

तु खबर संवाददाता
२०७८ चैत्र १९, शनिबार १५:४९

मकवानपुर । नेपाल औषधि व्यवसायी संघ मकवानपुरको प्रथम भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ । भेला संघका अध्यक्ष नारायणलाल श्रेष्ठको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले औषधि व्यवसाय संवेदनशील व्यवसाय भएकाले आफु सचेत रही प्रशासनमा गुनासो नआउने गरी काम गर्न आग्रह गरे । उनले दर्ता नवीकरण, सम्बन्धी विषयका कर्मचारी राख्नुका साथै मर्यादित र कानुन सम्मत काम गरी सेवा प्रदान गर्न सबै व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा औषधि व्यवस्था विभाग वीरगंजका प्रमुख मुकेन्द्र परियार, नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका उपाध्यक्ष शीव पण्डित, सदस्य सुधिर दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवाल, औषधि व्यवसायी संघ चितवनका अध्यक्ष ईश्वर कुमार भण्डारी, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश संयोजक बासुदेव खतिवडा, उपभोक्ता मञ्च नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, हेटौंडा उपमहानगरपालिका स्वास्थ्य संयोजक भोलाप्रसाद चौलागाईलगायतको सहभागिता थियो ।