प्रधानमन्त्री देउवा र मोदीले संयुक्त रुपमा गरे रु पे कार्डको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री शेरबहादुर देउवाले संयूक्त रुपमा रु पे कार्डको उद्घाटन गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले विश्वव्यवापी भुक्तानी कार्डको शनिबार उद्घाटन गरेका हुन् ।
७० करोड भारतीयले प्रयोग गर्ने दाबी गरिएको सो कार्ड नेपालमा एसबिआई बैंकमार्फत चल्ने जनाइएको छ । जसले नेपालमा आर्थिक गतिविधि बढाउन तथा नेपालमा आउने भारतीय पर्यटकहरुका लागि सहज हुनेछ ।
