ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १९, शनिबार १३:३०
सांकेतिक तस्वीर

ललितपुर । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा ट्याङकरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन् ।

शुक्रबार बेलुकी बा २ ख ६५१० नम्वरको ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङकरसहित चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।