समाचार

मकवानपुरमा शुक्रबार २ जना कोरोना संक्रमित थपिए

मकवानपुर । मकवानपुरमा शुक्रबार २ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । शुक्रबार १५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हाल संस्थागत आइसोलेसनमा शून्य र होम आइसोलेसनमा ७ जना कोरोना संक्रमणका बिरामी उपचाररत...

हेटौंडाका राम र सितालाई व्हीलचियर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ बस्ने रामबहादुर नेगी र सितामाया घलानलाई व्हीलचियर वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाले अपाङ्गता भएका उनीहरुलाई शुक्रबार एक कार्यक्रमबीच व्हीलचियर हस्तान्तरण गरेको हो । कम्बरभन्दा तलको भाग नचल्ने घलान र जन्म जात अपाङ्ग भएकी सितालाई महाशाखा...

सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ६५ औं सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । कार्यक्रम मकवानपुर...

हृदयघातका कारण वडाध्यक्षको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको मृत्यु भएको छ । ५२ वर्षीय यादवको हृदयघातका कारण आज (शुक्रबार) बिहान मृत्यु भएको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । मुटुरोगबाट पीडित यादवको बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौंबाट उपचार गरेर...

चार दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको निर्देशन

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेसले उम्मेदवारी सिफारिस गर्न निर्देशन दिएको छ । कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको हो । कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै बैशाख २२...

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्किएसँगै कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई तोकेकी हुन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई दिइएको जनाएको छ...

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार दिउँसो भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि...

टिपरको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएका छन् भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा प्राधिकणको गाडी चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा...

एमाले अध्यक्ष र राप्रपा महामन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ । ओली र राणाबीच गएराति नेपालगञ्जको स्नेहा होटलमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र बैशाखमा हुने स्थानीय...

दुर्घटनामा वडा सचिव श्रेष्ठको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नम्वरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा...