दुर्घटनामा वडा सचिव श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १८, शुक्रबार ०९:५०
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नम्वरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सचिव श्रेष्ठ गम्भिर घाइते भएका थिए । घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।