टिपरको ठक्करबाट एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएका छन् भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा प्राधिकणको गाडी चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा याद गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारको क्रममा मृत्यु भएकोा प्रहरीले जनाएको छ ।
दुर्घटनामा बोलेरो गाडीमा सवार बोदेबर्साइन नगरपालिका–१० बस्ने ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय अरुण कुमार सिंह घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
