कांग्रेस बागमतीद्वारा निर्वाचन परिचालन समिति गठन

तु खबर संवाददाता
२०७८ चैत्र १८,शुक्रबार १८:४२
file_photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले शुक्रबार समितिको गत चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार निर्वाचन परिचालन समिति गठन गरेको कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडाले जनाएको छ ।

सभापति बानियाँले आफ्नो संयोजकत्वमा ३६ सदस्यीय कार्यसमिति गठन गरेका हुन् । समितिको उपसभापतिमा चन्द्र महर्जन र मोहनबहादुर बस्नेत, महामन्त्रीमा कञ्चन वादे श्रेष्ठ र राजु श्रेष्ठ, कोषाध्यक्षमा दीर्घमान श्रेष्ठ, सहमहामन्त्रीमा जीवन डंगोल, ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ चयन भएका छन् ।

हेर्नुहोस् नामावली ।