माटोको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १८, शुक्रबार १७:०३
file-photo

धनगढी । डोटीमा माटोको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–४ कारीगाउँका बस्ने १३ वर्षीय बालक दिनेश विक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बिहीबार घर पोत्नका लागि माटो लिन गएका उनी ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका थिए । घाइते उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।