कांग्रेसको कार्यबाहक सभापति पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवा शुक्रबार भारत प्रस्थान गरेपछि पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी खड्काले पाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवा स्वदेश नफर्कुञ्जेल सम्मका लागि खड्काले उक्त जिम्मेवारी निभाउनेछन् । सभापति देउवा भारत सरकारको निमन्त्रणामा तीन दिवसीय भ्रमणका लागि आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका देउवा आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
