यी रोग भएका बिरामीले मासिक ५ हजार पाउने

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार १६:५४

काठमाडौं । सरकारल मृगौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यही चैत्र १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने प्रकृया अगाडि बढेको जनाएको छ ।

अबदेखि प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउने स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले जानकारी दिए । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७ सय ५३ स्थानीय तहबाट उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन लागि पत्राचार गरेको छ ।