देशभरका ५१९२ जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ चैत्र १६, बुधबार १७:१४
file-photo

काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार १ सय ९२ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ९ सय ४० जनाको पीसीआर र १ हजार २ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४६ जना रहेका छन् ।