स्थानीय तह निर्वाचनबारे जानकारी दिन कल सेन्टर
काठमाडौं । निर्वाचन आयोगले आजबाट कल सेन्टर सुरु गर्दैछ । स्थानीय तह निर्वाचनबारे जानकारी दिन आयोगले आजबाट कल सेन्टर सुरु गर्न लागेको हो ।
निर्वाचन सम्बन्धी सर्वसाधारणको जिज्ञासा समाधान गर्ने उद्देश्यले कल सेन्टर सुरु गर्न लागेको निर्वाचन आयोगले जनाएको छ । ११०२ नम्वरमा फोन गरेर निर्वाचनबारे जानकारी लिन सकिन्छ । कल सेन्टर मतदान र मतगणना अवधिसम्म संचालनमा रहने जनाइएको छ ।
