समाचार

कांग्रेस बैठक मंगलबार पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार पनि बस्ने भएको छ । गत शुक्रबारबाट सुरु भएको बैठक मंगलबार पनि बस्ने भएको हो । पार्टी कार्यालय सानेपामा जारी बैठक मंगलबार दिउँसो ३ बजे पुनः बस्ने गरी आजको लागि स्थगित भएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए । आजको बैठकमा...

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

काठमाडौं । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् । गुप्तालाई पार्टीको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् । सांसद गुप्तासँगै सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाध्यक्ष...

मुख्यमन्त्री कार्यालय घेर्न पुगेका ३९ जना पक्राउ

धनुषा । चुरे वन जंगलको संरक्षण तथा भूमिहीन सुकुम्बासीहरूको मुद्दा उठाउँदै मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै आन्दोलनकारीमध्ये ३९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । चुरे तथा वन जंगल संरक्षण अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेर जिल्ला...

थप २१ जनामा कोरोना संक्रमण, ३१९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार २ सय ९९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका अनुसार, ५ हजार १ सय ५२ जनाको पीसीआर परीक्षणमा ११...

निर्वाचन आयोगले ७३ वटा साना दललाई आफ्नै चिन्ह्रमा चुनाव लड्न दिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ वटा साना दललाई आ–आफ्नै दलको चिन्ह्रमा चुनाव लड्न दिने निर्णय गरेको छ । आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत्र ६ गतेसम्म समय दिइएको थियो ।...

नेप्से २९ अंकले घट्दा २ अर्ब ५४ करोडको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ४१ अंकको गिरावट आएको नेप्से परिसूचक सोमबार २९ दशमलव ९८ अंकले घटेर २ हजार ५४२ दशमदव २८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९ सय १४ कित्ता शेयर किनबेच...

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति २० सदस्यीय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा अध्यक्ष लिङदेन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् । यसैगरी, महामन्त्रीहरू क्रमशः डा.धवलशमशेर राणा,...

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बर्दिया । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेर ४५ मिनेटको समयमा लु २ ख ८७३ नम्वरको ट्रक अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु...

गठबन्धन होइन, पार्टीभित्र एकता र सहकार्य गरौंः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई पार्टी भित्रको आन्तरिक समस्या सुल्झाउँदै लैजान आग्रह गरेका छन् । उनले चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बोल्ने क्रममा उनले केन्द्रबाट गठबन्धन...

हेटौंडामा तेक्वान्दोको कभर्ड हल उद्घाटन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, कर्रामा तेक्वान्दो कभर्डहलको उद्घाटन गरिएको छ । उपमहानगरको लगानी र तेक्वान्दो संघ मकवानपुरको समन्वयमा कभर्ड हल निर्माण गरिएको हो । कभर्ड हल उद्घाटन गर्दै मेयर हरिबहादुर महतले पाँच वर्षको अवधिमा खेलकुद क्षेत्रको भौतिक संरचना निर्माणको काम धेरै भएको दावी गरे । देशभरका...