सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश
काठमाडौं । पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन् । गुप्तालाई पार्टीको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।
सांसद गुप्तासँगै सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्वर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव एमाले प्रवेश गरेका थिए ।
त्यसैगरी, कार्यक्रममा यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कसौधन, कृष्नगरका युवा नेता कुनालप्रताप शाहलगायतका नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेको घोषणा गरिएको थियो ।
