ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १४, सोमबार १५:३७
सांकेतिक तस्वीर

बर्दिया । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ९ बजेर ४५ मिनेटको समयमा लु २ ख ८७३ नम्वरको ट्रक अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । मृतकको पहिचान खुलको छैन । यस्तै, सोही दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । घाइते भएका ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुर स्थित मेडिकल कलेज अस्पताल पठाइएको छ । मृतक र घाइते मध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ ।