तोलामा १३०० घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०७८ चैत्र १५,मंगलवार ११:४७

काठमाडौँ । सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ । आजको मूल्य तोक्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको जानकारी दिएको हो । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो । जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ ।

प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ । यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा आइपुगेको छ ।