दुर्घटनामा परेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार १५:०१

झापा । दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् ।

फागोले चलाएको नम्वर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर घाइते भएका उनको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारले जानकारी दिएको छ ।

यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा सोमबार सााझ नै गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारु रहेका छन् ।

लु १ त ६८ ४२ नम्वरको ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।