५८ वर्षीय पुरुषको हत्या गरेको आरोपमा पक्राउ
काठमाडौं । काठमाडौंको न्यूरोडस्थित लगन टोलमा ५८ वर्षका पुरुषको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२१ स्थित लगन टोल घर भएका ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा सहवहाल घर भएका ४७ वर्षीय विकास पोडे उर्फ घिउ साहु रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गत चैत्र २ मा विकासको कुटपिटबाट गम्भीर घाइते भएका पृथ्वी वीर डंगोलको चैत्र ८ मा अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो । आरोपीलाई पक्रेर ‘ज्यान सम्बन्धी कसुर’मा म्याद लिएर अनुसन्धान भइरहेको परिसर काठमाडौंले जनाएको छ ।
