सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार १४:५५

काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले चैत्र १७ मा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको हो ।

नेपाली सेनासहित १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुने जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए । उनका अनुसार, मतपत्र छपाइ स्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ ।