समाचार

आज आमाको मुख हेर्ने दिन

मकवानपुर । आज आमाको मुख हेर्ने दिन देशैभर यो पर्व मनाइँदै छ । बैशाख कृष्णपक्ष औंसीको दिनलाई मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउने गरिन्छ । आज जन्म दिने आमालाई सम्मान गरेर यो पर्व मनाउने प्रचलन छ । टाढा भएका सन्तान   आफ्नो आमालाई भेट्न आउने, मिठो मसिनो...

हेटौंडा ८ मा गठबन्धनको चुनावी प्रतिवद्धता पत्र र दुई स्थानमा सम्पर्क कार्यालय

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सत्तारुढ गठबन्धन दलहरुको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने तथा मैदा टोलमा सम्पर्क कार्यालय स्थापना गरिएको छ भने चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । शुक्रबार मेयरपदका उम्मेदवार मिनाकुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका...

हाम्रो माहौलबाट विपक्षी डराइसके : बानियाँ

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपमेयर पदका उम्मेदवार राजेशकुमार बानियाँले सत्तागठबन्धनको पक्षमा देखिएको माहौलबाट विपक्षी दल आत्तिएको टिप्पणी गरेका छन् । हेटौंडा–८ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले गठबन्धनको पक्षमा उपमहानगरभर जनमत देखिएको बताए । ‘अब लालकिल्ला तोडिन्छ । सहि जनप्रतिनिधि हेटौंडाले पाउने छ । अहिलेसम्म गलत जनप्रतिनिध छनौट...

इन्द्रसरोवर गाउँपालिकामा ८ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८ जना ब्याक भएका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा आएर ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मुरारी वस्तीले तु खबरलाई जानकारी दिए । उनका अनुसार अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार कुन्साङ लामा र दिपक कुमार ठकुरीले उम्मेदवारी फिर्ता...

हेटौंडा उपमहानगरपालिकाः ३ मेयर र २ उपमेयरसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिए

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका ३ जनाले फिर्ता लिएका छन् । हेटौंडाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका दुई दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् । दलबाट मनोनयन फिर्ता गर्नेमा गठबन्धनमा नै आवद्ध दल जनता समाजवादी पार्टीकी दिपा लामा, नेपालको...

मनहरीमा शंकर न्यौपानेद्वारा उम्मेदवारी फिर्ता

मकवानपुर । नेपाली कांग्रेस (वीपी) पार्टीबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनेका शंकर न्यौपानेले आज उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेको भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । कांग्रेस जिल्ला अध्यक्ष बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंले मनहरी नै पुगेर उनको उम्मेदवारी फिर्ताका...

मकवानपुरमा गठबन्धनलाई जसपाको साथः ब्याक भए मेयर र उपमेयरका उम्मेदवार

मकवानपुर । जनता समाजवादी पार्टीले मकवानपुरमा गठबन्धनलाई सघाउने भएको छ । जसपाबाट हेटौंडा उपमहानगरपालिको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दिपा लामा र हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिँदै आफुहरुको समर्थन गठबन्धनको आधिकारिक उम्मेदवारलाई भएको प्रतिक्रिया दिए । मनोनयन दर्ताको दोस्रो दिनसम्म पनि गठबन्धनमा सहमति जुट्न नसकेपछि जसपाले हेटौंडाको मेयर...

रविन्द्र घिमिरेद्वारा उम्मेदवारी फिर्ता, जिल्ला सदस्य मनोनित

मकवानपुर । नेपाली कांग्रेसका युवा नेता रविन्द्र घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले हेटौंडा–२ को टिकट दिएपनि उम्मेदवार बन्न नपाएका घिमिरेले स्वतन्त्रमा वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । कांग्रेसले हेटौंडा–२ को वडाअध्यक्ष विष्णुगोपाल महर्जनलाई आधिकारिक मानेपछि घिमिरे व्याक भएका हुन् । पार्टीले उनलाई जिल्ला सदस्य समेत मनोनित...

युवक अपहरण गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलबाट युवक अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुकुम घर भएका सञ्जन वली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका छन् । उनीहरुलाई बिहीबार साँझ ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका...

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा १७ जना नयाँ खेलाडी थपिए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा १७ जना नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका अनुसार, नयाँ १७ जना नयाँ खेलाडी थपिएका हुन् । प्रशिक्षकले मानसिक दबाव दिएको भन्दै १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए । टिममा बोलाइएका नयाँ खेलाडीमा विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश...