हेटौंडा उपमहानगरपालिकाः ३ मेयर र २ उपमेयरसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिए

तु खबर संवाददाता
२०७९ बैशाख १६,शुक्रबार १८:५३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका ३ जनाले फिर्ता लिएका छन् । हेटौंडाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका दुई दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् ।

दलबाट मनोनयन फिर्ता गर्नेमा गठबन्धनमा नै आवद्ध दल जनता समाजवादी पार्टीकी दिपा लामा, नेपालको लागि नेपाली दलका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्रतर्फकी सुरक्षा रिजालले मनोनयन फिर्ता लिएका हुन् ।

त्यस्तै उपमेयर पदमा उम्मेदवारी दिएका २ दलका उम्मेदवारले मनोनयन फिर्ता गरेका छन् । उम्मेदवारी फिर्ता गर्नेमा जनता समाजवादी पार्टीका हरिहर खतिवडा र नेकपा समाजवादी पार्टीकी मखकुमारी तिमल्सिना रहेका छन् । त्यस्तै हेटौंडा उपमहानगरपालिकाको विभिन्न पदमा मनोनयन गराएका ४४ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।