समाचार

‘दुबई पठाइदिने’ भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । ‘दुबई पठाउँछौं’ भनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको विरगञ्ज महानगरपालिका–५ घर भई ललितपुरको ठेँचो बस्दै आएका ६० वर्षीय हरिबहादुर तामाङ र ३३ ववर्षीय विकास तामाङ रहेका छन् । आरोपी विकास तामाङलाई चुच्चेपाटीबाट र हरि बहादुरलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको...

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ७७१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोही समयमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित...

हेटौंडामा बर्डफ्लु पुष्टि, ३ हजारभन्दा बढी कुखुरा नष्ट

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा लेयर्स प्रजातिका कुखुरा नष्ट गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु...

बकैया गाउँपालिकाः माओवादी केन्द्रकी कृपाले लिइन् उम्मेदवारी फिर्ता

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा) ले उम्मेदवारी फिर्ता गरेकी छन् । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा मनोनयन दर्ता गराएकी उनले शुक्रबार उम्मेदवारी फिर्ता गरेकी हुन् । उनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका आधिकारीक...

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौंडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् । हेटौंडाको मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह र उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारहरुले हेटौंडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिक रुपमा सपथ लिएका हुन् । शुक्रबार उम्मेदवारहरुले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह...

सबै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको लागि सबै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । आयोगले मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले देशभरका ७५३ वटै स्थानीय तहमा सीसी क्यामरा राख्न निर्देशन...

टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

चितवन । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाउँमा टेम्पो पल्टिँदा एक जनाएको मृत्यु भएको छ । गएराति टुंगराबाट पर्सा तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्वरको टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा टेम्पो चालक सोही नगरपालिकाको वडा...

लोसपाको घोषणापत्र सार्वजनिक

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आसन्न स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका...

हेटौंडा उपमहानगरपालिकाः को हुन् उपमेयर पदका उम्मेदवार बानियाँ ?

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका...

निर्वाचन आचारसंहिता विपरित मेयर महत एमालेको प्रचारमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत निर्वाचन आचारसंहिता विपरित चुनावी प्रचारप्रसारमा लागेका छन् । उनी नेकपा एमालेको प्रचारप्रसार अभियानमा सहभागी भएपछि अहिले चौतर्फी आलोचना सुरु भएको छ । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न...