समाचार

भारतमा कोरोना संक्रमणबाट ६० जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–९) संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै ६० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६० जनाको मृत्यु भएको हो । भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ...

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने चेतावनी दिएको छ । कांग्रेसले पार्टीको आधिकारिक...

एकीकृत समाजवादीका कमाण्डर एमालेमै फर्किए

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयरको टिकट नपाएपछि असन्तुष्ट बनेका पोखरेलले बुधबार एकीकृत समाजवादी परित्याग गरी स्वतत्त्र बस्ने उद्घोष गरेका थिए । तर, २४ घण्टा नबित्दै उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट...

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहनुका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक...

म्यादी प्रहरी मृत फेला

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरी मृत अवस्थामा फेला परेका छन् । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सर्केगाड गाउँपालिका–६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकाया मृत...

स्थानीय निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

काठमाडौं । आसन्न स्थानीय तिह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो मनोनयन फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय दिएको छ । फिर्ताको समय सकिएलगत्तै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि...

दोषी ठहर नभएपछि सिग्देल र सुवेदीको उम्मेदवारी कायमै

मकवाननपुर । आसन्न स्थानीय निर्वाचनका लागि एमालेबाट हेटौंडा–४ र हेटौंडा–१९ को वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका क्रमशः नविन सिग्देल र नरनाथ सुवेदीविरुद्ध परेको उजुरी सदर भएको छ । उनीहरुमाथि परेको उजुरी छानबिन गर्दा दोषी ठहर नभएपछि निजहरुको उम्मेदवारी सदर भएको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । हेटौंडा–४...

हेटौंडा– ७ मा गठबन्धनको सम्पर्क कार्यालय स्थापना

मकवानपुर । गठबन्धन दलको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वती तथा हरियालीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । बिहीबार बिहान मेयर पदका उम्मेदवार मिनाकुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेको थिए । उद्घाटन कार्यक्रममा बोल्दै लामा र बानियाँले गठबन्धन नेतृत्व दलले नगरको परिवर्तन...

कांग्रेस मकवानपुरले तोक्यो १० वटै पालिकामा संयोजक

मकवानपुर । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलक्षित अभियानलाई प्रभावकारी बनाउन नेपाली कांग्रेस मकवानपुरले पालिका संयोजक तोकेको छ । बिहिवार बसेको कार्यसम्पादन समितिको बैठकले १० वटै स्थानीय तहका लागि पालिका संयोजक तोकेको हो । स्थानीय निर्वाचन सन्चालन तथा समन्वयको लागि बागमतीमा इश्वर पाठक, बकैयामा ताराचन्द्र बजगाई, मकवानपुरगढीमा...

मेयर पदका उम्मेदवार अनन्तको विगत: जेल जीवनदेखि संविधानसभा सदस्यसम्म

मकवानपुर । अनन्त पौडेल मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् अनन्त । चार दशकभन्दा बढी कम्युनिस्ट राजनीतिमा सक्रिय रहेका अनन्तको जीवन संघर्षमय छ । २०३५ सालदेखि तत्कालीन नेकपा मालेबाट राजनीतिक जीवनलाई अघि बढाएका उनले २०७९...