समाचार

मानव सेवा आश्रम हेटौंडाद्वारा दुई भारतीय नागरिकको उद्दार

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मानव सेवा आश्रमले दुई भारतीय नागरिकको उद्दार गरेको छ । आश्रमले बुधबार हेटौंडाको गौरीछायर आसपासको प्रणामी चोकबाट एक जना र हेटौंडा–९ बाट एक जना गरी दुई भारतीय नागरिकलाई उद्दार गरेको मानव सेवा आश्रम मकवानपुरका अभियान्ता होमनाथ पौडेलले जानकारी दिए । उनका अनुसार,...

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । बुधबार नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेपश्चात् पार्टीको बैठक बसेर न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने पार्टीको केन्द्रीय सदस्य...

दूध ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवन । भरतपुर महानगरपालिकाको भित्रि सडकमा आज दिउँसो दूध बोकेको ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

त्रिभुवन विश्वविद्यालयमा जेठ १३ गतेसम्म वर्षे विदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिएको छ । त्रिवि कार्यकारी परिषद्‌को बैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ बैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो । विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रको...

हेटौंडा ४ मा गठबन्धनको घरदैलो अभियान सुरु

मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा चुनावी प्रचारप्रसारका लागि संयुक्त रुपमा घरदैलो अभियान सुरु गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडा अध्यक्ष, तथा सदस्य पदका उम्मेदवारहरु आजबाट घरदैलो अभियानमा जुटेका हुन् । हेटौंडाको कर्रास्थित इन्द्र कम्प्लेक्सबाट अभियान सुरु गरी आज पृथ्वीपथ,...

एकराज उप्रेतीले सुरु गरे घरदैलो अभियान

मकवानपुर । नेकपा एमाले मनहरी गाउँकमिटीले आजबाट चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियान सुरु गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडाका विभिन्न पदमा उम्मेदवारी दिएकाहरु आजबाट घरदैलो अभियानमा जुटेका छन् । वडा नम्वर ६ स्थित लोथर भन्ने ठाउँबाट अभियान सुरु गरिएको अध्यक्ष पदका उम्मेदवार एकराज...

उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई बानियाँको निर्देशन

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले पाँच दलीय गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध गठबन्धनबाटै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्ने कार्य भएको भन्दै फिर्ता लिन निर्देशन जारी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विहिबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन विरूद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका...

मकवानपुरमा पाँच वडा सदस्य निर्विरोध

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरमा पाँच जना वडा सदस्य निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट चार र नेकपा माओवादी केन्द्रबाट एक जना रहेका छन् । जिल्लाको इन्द्रसरोबर गाउँपालिका दुई, थाहा नगरपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा एक/एक जना गरी ५ जना दलित महिला...

चक्कु प्रहारबाट चार जना घाइते

अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका–१ का मानबहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार...

आजदेखि यी सात विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने

काठमाडौं । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा आउने भएका छन् । आजबाट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्चालनको अनुमति दिएको हो । यी विमानस्थल हालसम्म १२ घण्टा मात्र...