एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा न्यौपाने

तु खबर संवाददाता
२०७९ बैशाख १५, बिहीबार १५:४४

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् । बिहीबार बसेको पार्टीको सचिवालय बैठकले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

बुधबार नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेपश्चात् पार्टीको बैठक बसेर न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने पार्टीको केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्जसमेत हुन् ।

बुधबार पार्टी अध्यक्ष पोखरेलसहित सचिवालय सदस्यहरुले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी परित्याग गरेका थिए ।