टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु
चितवन । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाउँमा टेम्पो पल्टिँदा एक जनाएको मृत्यु भएको छ । गएराति टुंगराबाट पर्सा तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्वरको टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा टेम्पो चालक सोही नगरपालिकाको वडा नम्वर ९ बस्ने अन्दाजी ३५ वर्षीय लक्ष्मण बछाइ रहेका छन् । दुर्घटनामा परे गम्भीर घाइते भएका उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा राती नै मृत्यु भएको हो । टेम्पो अनियन्त्रित भई पल्टिएको थियो ।
