समाचार

एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेकपा (एमाले) ले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ । एमाले जनसङ्गठन समन्वय समितिको आज बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका...

जसपाको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) को घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्वर १ का ६५ वर्षीय बद्री मोची रहेका छन् । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य...

एमाले अध्यक्ष केपी ओली आज हेटौंडा आउँदै

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (आइतबार) हेटौंडा आउने भएका छन् । एमाले मकवानपुरले आयोजना गर्ने आमसभालाई  सम्बोधन गर्न अध्यक्ष ओली हेटौंडा आउने भएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए । पूर्व प्रधानमन्त्री समेत रहेका उनले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौंडाको हुप्रचौरमा हुने आमसभालाई सम्बोधन गर्ने...

श्रमिक वर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु सबैको कर्तव्य हो : प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रमिक वर्गले गरिखाने सुनौंला अवसरहरु निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् । आज मनाइदै गरिएको १३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले श्रमिकहरुलाई दक्ष बनाउँदै उनीहरुलाई गरिखाने अवसर निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका...

मकवानपुरगढी गाउँपालिका: को हुन् अध्यक्ष पदका उम्मेदवार लामा ?

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटिसकेका छन् । यसपटक विभिन्न राजनीतिक दल र केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दर्ता...

केपी ओली नेतृत्वमा भएको चुनावी गठबन्धन प्रतिगामीः पौडेल

मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई भने उनले परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन भनेका छन् । तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र...

गुल्मीको धुर्कोटमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल

काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए । घिमिरेका...

बनेपा नगरपालिकाका मेयर वादेद्वारा एमाले परित्याग

काठमाडौँ । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् । वादे यस पटक पनि मेयरको उम्मेदवारको आकांक्षी थिए । तर एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएको छ । शनिबार पत्रकार सम्मेलन गरेर मेयर वादेले आफ्नो परिवारले नै पार्टी परित्याग गरेको बताए । उनका अनुसार पार्टीमा...

स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित दुई पक्राउ

काठमाडौं । काठमाडौंको बालाजुबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान पौने ३ बजे काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानस्थित सडकबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ११ घर...

भारतमा थप तीन हजारभन्दा बढीमा कोरोना पुष्टि

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा तीन जना भन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ५० बिरामीको मृत्यु भएको छ भने...