समाचार

हेटौंडाका मोक्तानसहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुरका दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा वडा नम्वर ११ का ४५ वर्षीय पूर्णबहादुर मोक्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ का २६ वर्षीय राज भुलन रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुलाई पर्साको वीरगञ्ज महानगरपालिका...

हेटौंडा ४ मा पाँच दलीय गठबन्धनः को हुन् वडा अध्यक्ष पदका उम्मेदवार पौडेल ?

मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनकोे चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरी उम्मेदवारहरु चुनावी अभियानमा जुटेका छन् । उनीहरु गाउँ/नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । तु...

जनादेशबाट वर्तमान सरकार ढाल्छौँ – केपी ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार परमादेशको सरकार भएको टिप्पणी गर्दै जनादेशबाट ढाल्ने चुनौती दिएका छन् । उनले आफ्नो दलले जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने दावी गरेका छन् । हेटौंडामा आइतबार मे दिवसको सन्दर्भ पारेर आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीसमेत रहेका ओलीले...

कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमितिमा सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमितिमा सदस्यहरु थप गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै उपसमितिमा १७ जना नयाँ सदस्यहरु थप भएको जानकारी दिए । उनका अनुसार उपसमितिको सदस्य सचिवमा डेनमार्कका पूर्वसभापति एवम् पार्टीका महासमिति सदस्य विरेन्द्र सिंह...

थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २ सय २ जनाको नमुना परीरक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ५ सय ८ जनाको पीसीआर परीक्षणमा...

भरुवा बन्दुकसहित ४ जना पक्राउ

रुपन्देही । प्रहरीले ७ नाल भरुवा बन्दुकसहित रुपन्देहीबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका– ६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही नगरपालिकाका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेका छन् । उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा...

राप्रपा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेपछि एमाले प्रवेश गरेको हुँ – चौलागाईं

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेकपा एमाले प्रवेश गरेका खिलप्रसाद चौलागाईंले राप्रपा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेपछि आफुले विकल्प खोज्नुपरेको बताएका छन् । पार्टी प्रवेशलगत्तै कार्यक्रमलाई सम्बोधन गर्दै चौलागाईंले आफु जनहितको काम गर्न एमाले प्रवेश गरेको बताए । ‘म काम गर्नुपर्ने मान्छे, सक्रिय रहनुपर्ने मान्छे, लामो...

२४ लाख डोज कोरोना खोप क्याप्सुल निलेझै निले – केपी ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै आपत्ती जनाएका छन् । ‘वर्तमान सरकार विकास–विकास भनिरहेको छ, के को विकास हुनु विकास त उही, २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझै स्वाट्टै निले’ उनले भने । उनले...

हेटौंडा–११ मा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

मकवानपुर । हेटौंडा उपमहागनरपालिका वडा नम्वर ११ नवलपुरमा आज सत्तारुढ गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मीनाकुमार लामा र नेपाली कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार राजेश बानियाँले आइतबार एक कार्यक्रमबीच संयुक्त रुपमा उक्त सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेकपा...

राप्रपा नेता खिलप्रसाद चौलागाईं नेकपा एमालेमा प्रवेश

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको राजनीतिमा लामो समय सक्रिय रहेका खिलप्रसाद चौंलागाई नेकपा एमाले प्रवेश गरेका छन् । एमाले मकवानपुरद्वारा आज हेटौंडामा आयोजित आमसभामा अध्यक्ष केपी शर्मा ओलीले चौंलागाईलाई स्वागत गरेका हुन् । कमल थापा निकट मानिएका चौंलागाई राप्रपा विभाजनपछि राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपामा नै थिए ।...