हेटौंडाका मोक्तानसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुरका दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा वडा नम्वर ११ का ४५ वर्षीय पूर्णबहादुर मोक्तान र मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ का २६ वर्षीय राज भुलन रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरुलाई पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्वर ३० लालपर्साबाट ५३ किलो लागूऔषधसहित पक्राउ गरेको हो । उक्त स्थानमा ना. ३ ख ६३८४ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।
लागूऔषध गाँजा, मिनी ट्रकसहित नियन्त्रणमा लिएका उनीहरुलाई लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
