२४ लाख डोज कोरोना खोप क्याप्सुल निलेझै निले – केपी ओली

तु खबर संवाददाता
२०७९ बैशाख १८, आईतवार १७:१३

मकवानपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै आपत्ती जनाएका छन् । ‘वर्तमान सरकार विकास–विकास भनिरहेको छ, के को विकास हुनु विकास त उही, २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझै स्वाट्टै निले’ उनले भने । उनले वर्तमान सरकारले निर्वाचनको बेलामा अर्बौं रकम पर्ने औषधी उपकरण कमिसन चाहिएर खरिद गर्न लागेको समेत आरोप लगाए ।

स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्त्यजस्तो अनुहार भएको भन्दै ओलीले जति खाएपनि नपुग्ने ऋषि जस्तै स्वस्थ्यमन्त्री भएको टिप्पणी गरे । उनले चुनावका बेला खरिद बिक्री रोक्न चेतावनी समेत दिए ‘कुन अस्पताललाई सिटीस्क्यान मेसिन चाहियो ? कुन अस्पताललाई के चाहियो त्यो त अघिल्यै सरकारले ल्याइसकेको छ’, ओलीले भने ।

गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मिएको उनको आरोप छ । सातवटा मन्त्रालय भएपुग्ने ठाउँमा १८ वटा बनाए यो सरकार चुनाव गराउन पनि चाहाँदैनथ्यो । उनले भने । ओलीले गठबन्धनको चुनावी घोषणापत्रको समेत आलोचना गरे ।