समाचार
मकवानपुर दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटनामा परेर थप एक जनाको मृत्यु भएको छ । सोमबार निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तरगत बकैया गाउँपालिका वडा नम्वर ११ घट्टेपाखा र लेनडाँडा नजिकै भएको लोडर दुर्घटना परेर गम्भीर घाइते भएका थप एक चिनिया नागरिकको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते...
मकवानपुरमा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । निजगढ –काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तरगत बकैया गाउँपालिका वडा नम्वर ११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २ जनाको घटनास्थलमा नै...
इन्टरनेट सेवा बन्द नहुने व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट सेवा बन्द नहुने व्यवस्था मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा इन्टनरनेट सेवा प्रदायक सेवा प्रदायक कम्पनीहरुले सेवा बन्द हुने भनेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद...
गठबन्धनको जीत सुनिश्चित छ : नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दावी गरेका छन् । सोमबार हेटौंडा–९ का युवाहरुलाई पार्टी प्रवेश गराउँदै नेता बानियाँले गठबन्धनको जीत सुनिश्चित भएपनि मतान्तर बढाउन जरुरी रहेको औंल्याए । उनले भने, ‘गठबन्धनले अब मतान्तर...
थप ९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय २५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रादयका अनुसार, सो अवधिमा ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ८ जना...
देशभर ३५३ जना उम्मेदवार निर्विरोध
काठमाडौं । निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ । आयोगले सोमबारको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो । निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, देशभरका ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित...
पार्टी कार्यालयबाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न निर्देशन दिएको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको निर्देशन दिएको हो । आसान्न स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी...
मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ८ जनाको मृत्यु
काठमाडौं । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेर नष्ट हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएका हुन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा...
कोरोना संक्रमणदर बढ्दो, स्वास्थ्य सतर्कता अपनाउन आग्रह
काठमाडौं । सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोरोना संक्रमण दर...
सोमबार शेयर बजारमा उच्च गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयर बजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २ हजार ३०७ दशमलव ४४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९...








