सोमबार शेयर बजारमा उच्च गिरावट

तु खबर संवाददाता
२०७९ बैशाख १९,सोमबार १५:५०

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । पछिल्लो समय शेयर बजारमा घटबढको उतारचढाव भइरहेको अवस्थामा आज नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २ हजार ३०७ दशमलव ४४ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । आज सर्वाधिक जीवन बीमा समुहको ३४२ दशमलव २५ रुपैयाँ र निर्जिबन बीमा समुहको २१८ दशमलव ६३ रुपैयाँले घट्न पुगेको छ ।