समाचार
६२ लाखको गहनासहित एक जना पक्राउ
नेपालगञ्ज । बाँकेमा ६२ लाख रुपैयाँ बराबरको अबैध सुनको गरगहनासहित प्रहरीले एक जना पक्राउ गरेको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नम्वर २ एल गाउँस्थित सुवेदी चोकबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुनसहित बझाङको जयपृथ्वी नगरपालिका १ पिमी बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।...
गठबन्धनले जिते खानेपानी निःशुल्क, प्रत्येक वडामा मिनि रंगशाला
मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरमा विजयी भए निःशुल्क खानेपानी उपलब्ध गराउने घोषणा गरेको छ । हेटौंडालाई समृद्ध नगरीको रुपमा विकास गर्ने घोषणासहित निर्वाचनमा होमिएको गठबन्धनले यस्तो प्रतिबद्धता जनाएको हो । गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी मीना लामाले मंगलबार घोषण पत्रमार्फत् योजनाहरु सार्वजनिक गरिने बताइन् । ‘हामी निर्वाचित भएपश्चात् उपमहानगरभर...
मकवानपुरगढीमा गठबन्धन दलको घरदैलो अभियान जारी
मकवानपुुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरगढी गाउँपालिका वडा नम्वर तीनमा गठबन्धन दलको संयुक्त चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरिएको छ । गठबन्धन दलले आजबाट मकवानपुरगढीको तीन नम्वर वडामा घरदैलो अभियान पनि सुरु गरेको हो । वडाको देविडाँडाबाट गठबन्धन दलले चुनाव प्रसारप्रसार सुरु गरेको जनाएको...
त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुनसहित युवक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित मंगलबार बिहान एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीका २८ वर्षीय युवक रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । बिहान ७ बजेको समयमा कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनलाई १०० ग्रामसहित पक्राउ गरेको हो । चेकजाँचका क्रममा...
मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लंघनबारे सर्वदलीय बैठक
मकवानपुर । मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएपछि प्रमुख जिल्ला अधिकरी भरतमणि पाण्डेको आह्वानमा सर्वदलीय बैठक बसेको छ । सोमबार बसेको बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको विषयमा परेको उजुरीमाथि सरोकारवालाहरुबीच छलफल भएको थियो । सबै दलका सहभागी प्रतिनिधिहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । तर,...
जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । सोमबार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ च ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृत्यु...
आज यी स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहनुका साथै देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षाको भइरहेको जनाएको छ । महाशाखाका अनुसार, मंगलबार पहाडी...
स्थानीय निर्वाचन : ६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लाबाहेक अन्य ६४ जिल्लामा मतपत्र ढुवानी भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । देशभरका ७५३ वटा स्थानीय तहमा ६...
बाढीले बगाउँदा १५ वर्षीया किशोरीको मृत्यु
दाङ । दाङको बबई गाउँपालिकामा बाढीले बगाउँदा किशोरीको मृत्यु भएको छ । जिललाको बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरे जनाएको छ । बाढीले बगाउँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लगिएको थियो । तर, उनलाई...
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरणको माग
मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलको चुनावी अभियानमा हिड्ने सरकारी कर्मचारीहरुलाई स्पष्टीकरण सोधेको छ । हेटौंडाका विभिन्न क्षेत्रका कर्मचारीहरू आचारसंहिता विपरित राजनीतिक दलको चुनावी अभियानमा हिडेको समाचार र उजुरीको आधारमा उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।...










