मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ८ जनाको मृत्यु

एजेन्सी
२०७९ बैशाख १९,सोमबार १६:३०
File Photo

काठमाडौं । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेर नष्ट हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएका हुन् ।

क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो । ‘घरमा हल्का सामाग्री थियो । आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने ।