थप ९ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७९ बैशाख १९, सोमबार १६:५६
file-photo

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय २५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रादयका अनुसार, सो अवधिमा ३ हजार ३३३ जनाको पीसीआर परीक्षणमा ८ जना र ९२२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या २११ जना रहेका छन् । जसमध्‍ये २०९ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ जना आईसीयू छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २९ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ६७४ जना संक्रमणमुक्त भएका छन् ।