भारतमा थप तीन हजारभन्दा बढीमा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख १७, शनिबार १५:१८
file-photo

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा तीन जना भन्दा बढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ५० बिरामीको मृत्यु भएको छ भने सक्रिय संक्रमित बढेर १८ हजार ६८४ पुगेको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ । भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४ करोड २५ लाख ३३ हजार ३७७ पुगेको छ ।