बनेपा नगरपालिकाका मेयर वादेद्वारा एमाले परित्याग
काठमाडौँ । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् । वादे यस पटक पनि मेयरको उम्मेदवारको आकांक्षी थिए । तर एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएको छ । शनिबार पत्रकार सम्मेलन गरेर मेयर वादेले आफ्नो परिवारले नै पार्टी परित्याग गरेको बताए । उनका अनुसार पार्टीमा परिवारका सदस्यसहित ४ जना संगठित सदस्य छन् ।
नेता गोकुल बाँस्कोटाको चर्को आलोचना गरेका उनले भने, ‘मैले बनेपाको एमाले करण गरेको थिएँ । अब यहाँ बसिरहनु आफ्नो सम्मानका लागि घात पर्छ भन्ने सोचेर म र मेरो परिवारका सदस्यहरु साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिन चाहन्छु ।’
