राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा १७ जना नयाँ खेलाडी थपिए

तु खबर संवाददाता
२०७९ बैशाख १६,शुक्रबार १७:३६

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा १७ जना नयाँ खेलाडी थपिएका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका अनुसार, नयाँ १७ जना नयाँ खेलाडी थपिएका हुन् । प्रशिक्षकले मानसिक दबाव दिएको भन्दै १० जना खेलाडीले प्रशिक्षण छाडेका थिए ।

टिममा बोलाइएका नयाँ खेलाडीमा विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकाश बुढा मगर, आशिष चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष जर्घा मगर, निरकुमार राई, राजन गुरुङ, रोशन राना मगर, रुपबहादुर लामा, सञ्जोक राई, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुनिल श्रेष्ठ र सुशील राई छन् ।

यसअघि विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षण छाडेका थिए ।