युवक अपहरण गरेको आरोपमा ५ जना पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख १६, शुक्रबार १७:४७
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको सिनामंगलबाट युवक अपहरण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुकुम घर भएका सञ्जन वली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेका छन् ।

उनीहरुलाई बिहीबार साँझ ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, एक जना युवकलाई अपहरण गरेर स्कोर्पियोमा हालेको सूचनाका आधारमा आरोपीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।