हेटौंडा ८ मा गठबन्धनको चुनावी प्रतिवद्धता पत्र र दुई स्थानमा सम्पर्क कार्यालय

तु खबर संवाददाता
२०७९ बैशाख १६, शुक्रबार १९:२०

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सत्तारुढ गठबन्धन दलहरुको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने तथा मैदा टोलमा सम्पर्क कार्यालय स्थापना गरिएको छ भने चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।

शुक्रबार मेयरपदका उम्मेदवार मिनाकुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले संयुक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए भने गठबन्धन नेतृत्व दलको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गठबन्धन दलका मेयर तथा उपमेयरका लामा र बानियाँले जनताले शासक नभई अभिभावकको खोजेकोले गठबन्धन दलका उम्मेदवारलाई मतदिन मतदालाई आग्रह गरेका थिए । लामा र बानियाँले अब भ्रमको खेती गर्नेहरुबाट सचेत रहनुपर्ने भन्दै संविधानलाई कुल्चने दललाई पराजित गर्ने समय आएको बताए ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गठबन्धनका वडाध्यक्षका उम्मेदवार राम थापाले शासन व्यक्तिको नभई विधिको हुने हुँदा आफु विधि अनुसार चल्ने र तमाम वडावासीको भावनालाई कदर गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रमिला कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सभाध्यक्षता नेकपा एसका ८ नम्वर वडाध्यक्ष बैकुण्ठ सापकोटाले गरेका थिए ।