समाचार
हत्याको आरोपमा मकवानपुरका कान्छामानसहित दुई जना पक्राउ
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्वर ८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ६ फापरबारी सानो कायर ठेगाना भएका ४५ वर्षीय ठोकर कान्छा भन्ने कान्छामान...
भरतपुरको मेयरमा गठबन्धनका दुवै उम्मेदवार विजयी, औपचारिक घोषणा हुन बाँकी
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा गठबन्धनका उम्मेदवार रेनु दाहाल र चित्रसेन अधिकारी विजयी भएका छन् । यद्यपी औपचारिक घोषणा हुन भने बाँकी रहेको छ । उनीहरुले प्राप्त गरेको मत र प्रतिस्पर्धीको मतान्तरभन्दा निकै कम मात्रै मत गणना गर्न बाँकी रहेकोले उनीहरुको जित सुनिश्चित भएको हो...
आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश, बागमती, गण्डकी र...
आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम...
धारिलो हतियार प्रयोग गरी हत्याको आरोपमा दुई पक्राउ
बारा । धारिलो हतियार प्रयोग गरी युवकको हत्या गरेको आरोपमा प्रहरीले बाराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा प्रहरीका अनुसार, उनीहरुलाई बारा...
भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाद्वारा पदभार ग्रहण
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष सन्जीव श्रेष्ठले पदभार ग्रहण गरेका छन् । उनीहरुले सोमबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् । अध्यक्ष लामाले पदभार ग्रहण गरेलगतै भीमफेदी गाउँपालिकामा रहेका शारीरिक अपाङ्गता भएका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारका साथै आवश्यक सहयोग सामग्री उपलब्ध गराउने निर्णय गरेका...
हेटौंडा ११ का नवनिर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का नवनिर्वाचित अध्यक्ष तथा जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष जुना दाहाल, सदस्यहरु क्रमशः संजय विडारी, महिला सदस्य गोपिनी सापकोटा र दलित महिला सदस्य गीता सुनारलगायतले पदभार ग्रहण गरेका हुन् । पूर्व अध्यक्ष गोकर्णप्रसाद पराजुलीलगायतले आफ्नो पदभार...
स्थानीय तह निर्वाचन : एमालेका ११ हजार ५९७ उम्मेदवार विजयी
काठमाडौं । निर्वाचन आयोगले मतगणना सम्पन्न भएका पालिकामा नेकपा एमालेका साढे ११ जना उम्मेदवार विजयी भएको जनाएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा गरी हालसम्म एमालेका ११ हजार ५९७ निर्वाचित भएका...
निर्वाचन आयोगसँग चुनाव चिन्ह्र ‘गाई’ माग्ने राप्रपा नेपालको निर्णय
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगसँग पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने निर्णय गरेको छ । राप्रपा नेपालको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह्र माग गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता...
चट्याङ लागेर बुढाथोकीको मृत्यु
गाइगाट । उदयपुर, कटारी नगरपालिका–११ गोठडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया भक्त कुमारी बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार, आइतबार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा...










