चट्याङ लागेर बुढाथोकीको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १६:५३
file-photo

गाइगाट । उदयपुर, कटारी नगरपालिका–११ गोठडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया भक्त कुमारी बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।