समाचार
सरकारी कर्मचारीको तलब बढाउने सरकारको तयारी
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालका अनुसार, आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । हाल अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहनुका साथै बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू–भागमा आंशिकदेखि सामान्यता सफा रहेको जनाएको छ । महाशाखाका अनुसार,...
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलन स्थगित
काठमाडौं । निर्वाचन आयोगमा आयोजना हुने नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । साताको सोमबार र बिहीबार हुँदै आएको पत्रकार सम्मेलन स्थगित हुने भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, स्थानीय तह सदस्य निर्वाचन, २०७९ का सम्बन्धमा जानकारी दिन आयोजना हुने नियमित पत्रकार सम्मेलन...
बालुवाटारमा शीर्ष नेताबीच छलफल
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । बैठक सरकारको नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे छलफल गर्न बसेको कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा शीर्ष दलका नेताहरुले यही जेठ १० गते पेश हुने नीति तथा कार्यक्रममा छुटाउन नुहने विषयहरु समेट्न सुझावहरु...
थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने...
ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
काठमाडौं । कैलालीमा ट्याक्टर र स्कुटर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा से १ त ६८२७ नम्वरको ट्याक्टरले सु.प.प्र ०१–००८ प १७८३ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।...
धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या
काठमाडौं । सिरहाको अर्नमा गाउँपालिका वडा नम्वर १ महनौरमा शनिबार राति धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या भएको छ । हत्या हुनेमा स्थानीय ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पाल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार, मृतकको बाबु–छोराको शरीरको...
हेटौंडाबाट लागूऔषधसहित तीन जना प्रक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हिरोईन र नाईट्रोभेटसहित विभिन्न मितिमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने २८ वर्षीय सविन पहाडी, हेटौंडा–५ शान्तिनगर बस्ने १९...
कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण
मकवानपुर । कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन शनिवार हस्तान्तरण गरिएको छ । निर्माण कम्पनी रविना/अविषा जे.भि.ले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् । सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट पूर्णरुपमा सेवाप्रवाह हुने अध्यक्ष मुक्तानले जानकारी दिए । २०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम...
काठमाडौं मतगणना : बालेनको अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेको छ । आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार, बालेनले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राखेका हुन् । यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छिन् । सिर्जना सिंहलाई २२...










