समाचार

‘वडाबासीको चाहना अनुसार काम गर्छु’

मकवानपुर । थाहा नगरपालिका वडा नम्वर ३ का नवनिर्वाचित अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले वडाबासीको चाहना अनुसार काम गर्ने बताएका छन् । सोमबार वडा कार्यालय विकास घर शिखरकोटामा भएको पदस्थान, स्वागत तथा बिदाई कार्यक्रममा अध्यक्ष रायमाझीले निर्वाचनका क्रममा वडा बासीहरुले दिएको सबै मतको कदर गर्ने समेत बताए । रायमाझीले आफुसंगै...

आज नेप्से ३४ अंकले घट्यो

काठमाडौं । आज साताको दोस्रो दिन मंगलबार शेयर बजारमा गिरावटमा आएको छ । आज नेप्से ३४ दशमलव २१ अंकले घटेर इन्डेक्स २२००.८८ विन्दु तल झरेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९६ लाख १३ हजार १९१...

मकवानपुर प्रहरीद्वारा ४ सय २२ किलो गाँजा र मिनि ट्रक बरामद

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र मिनि ट्रक बरामद गरेको छ । प्रहरीले सोमबार साँझ थाहा नगरपालिका वडा नम्वर ३ बायोखोलास्थित डाँडाबास–पालुङ सडकको छेउबाट ४ सय २२ किलो गाँजा र मिनि ट्रक बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त लागूऔषध विशेष सूचनाको आधार पुगेको ईलाका...

मेयर लामाको पहिलो निर्णयः विपन्नलाई निशुल्क पानी, बिजुली र स्वास्थ्य बीमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सपथ ग्रहणलगत्तै पाँच बुँदे निर्णय गरेकी छिन् । मेयर लामाले हेटौंडा उपमहानगरभित्र बसोबास गर्ने अतिविपन्न परिवारमध्ये १ हजार ५४१ परिवारको स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी हुन् । उनले अतिविपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलब्ध गराउने...

लागूऔषधसहित हेटौंडाबाट लो पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध कोरेक्ससहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा मकवानपुरगढी–४ घर भएर हाल हेटौंडा–१, स्वर्गलोकस्थित डेरा गरी बस्ने ३९ वर्षीय रामकृष्ण लोलाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले लो बस्ने डेराको खाट मुनी लुकाएर राखेको ३३ बोतल अबैध लागूऔषध...

हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिद्वारा सपथ ग्रहण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका छन् । सोमबार बिहान हेटौंडा–२ मा रहेको पल्पसा हलमा आयोजित कार्यक्रममार्फत् बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित नगर प्रमुख, उपप्रमुख सहित १९ वडाका वडाध्यक्ष तथा सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् । मकवानपुरका मुख्य निर्वाचन अधिकृत...

ट्याक्टरको ठक्करबाट भारतीयको मृत्यु

रौतहट । रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । गएराती जिल्लाको देवाही गोनाही नगरपालिका धरहरी गोनाही सडकखण्डमा बिआर ०५ बि ९०३६ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आइरहेको ना ३ त ७०७२ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको...

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको जेठ ६ गतेको निर्णयअनुसार आज (सोमबार) देखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुल्ला गरिएको हो । इच्छुक उम्मेदवारले आजदेखि असार ७ गतेसम्म नियमित शुल्कमा र असार...

वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

मकवानपुर । महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले आफ्नो २८ औं वार्षिक उत्सवको अवसरमा बैंकको मेनरोडस्थित शाखा कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । बैंकमा आएका सेवाग्राही र कर्मचारीहरुले रक्तदान गरेको बैंकका शाखा प्रमुख सम्भु...

फेरी बढ्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले फेरी पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य...